रामेछापमा १३ बर्षिय बालिकाद्धारा ६५ बर्षिय श्रेष्ठको हत्या



२८ भदौ, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ मा १३ बर्षिय एक बालिकाले ६५ बर्षिय पूर्णबहादुर श्रेष्ठको हत्या गरेकी छिन् । आज बिहान पाखामा घास काटन जाने क्रममा श्रेष्ठले पछाडिबाट समात्न खोजेको र रिसले घरबाट रड लगेर टाउकोमा हान्दा उनको घटनास्थलमा नै मृत्यु भएको बयान बालिकाले दिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । प्रहरी समक्ष ती बालिकाले आफूलाई अभ्रद व्यवहार गरेको कारण घरबाट रड लगेर काउकोमा हानेको स्वीकार गर्दै रामेछाप प्रहरी चौकीमा आत्मसमर्पण गरेकी छिन् । प्रहरीले मृतक श्रेष्ठको लाशलाई पोष्टमार्टम गर्नको लागि रामेछाप अस्पतालमा ल्याएको छ । श्रेष्ठको हत्या गर्ने बालिकामाथि हत्या गर्नुको कारणको बारेमा अनुसन्धान सुरु गरेको जिप्रका रामेछापका एक प्रहरी अधिकारीले रामेछाप न्युजलाई बताए ।

के भन्छ मूलुकी अपराध संहिताले ?
नयाँ मूलुकी अपराध संहिता अनुसार १० बर्ष भन्दा मुनिका बालकालिकाबाट कोही कसैको ज्यान गएको अवस्थामा जेलको व्यवस्था गरिएको छैन् । १० देखि १३ बर्षसम्म बालबालिकाले कसैको ज्यान मारेमा ६ महिना कैदको व्यवस्था गरिएको छ । प्रहरीले हत्यामा संलग्न बालिकाको उमेर र घटनाको बारेमा अनुसन्धान गरिरहेको छ । यदी १३ बर्षदेखि १६बर्षको उमेका लागि अपराध संहितामा आधा मात्र जेल भुक्तान गर्दा हुने उल्लेख गरेको छ ।
मृतक श्रेष्ठको परिवारले भने हत्यामा संलग्न बालिकामाथि कडा भन्दा कडा कारवाही हुनुपर्ने माग गरेको छ । हत्या गरिएका श्रेष्ठ र ती बालिका छिमेकी हुन् । बालिकाको भनाई उदृत गर्दै ती प्रहरी अधिकारीले रामेछाप न्युजसँग भने,‘घास काटन जाने क्रममा मलाई एक्कासी पछाडिबाट समाते, मलाई रिस उठ्यो घरमा गएर रड लिएर आए र पछाडिबाट हिर्काए, उनी त्यही ढले, म आफै आएर प्रहरी चौकीमा खबर पनि गरे ।’

प्रतिक्रिया दिनुहोस्