रामेछापमा पाँचौ परिवार नियोजन दिवस मनाइयो



२ असोज, रामेछाप । किशोर किशोरीको सहभागिता परिवार नियोजन सेवाको सुनिश्चितता भन्ने मुल नाराका साथ पाँचौ परिवार नियोजन दिवस रामेछापमा पनि मनाइएको छ । रामेछाप नगरपालिकाको आयोजनामा मनाइएको दिवसमा जिल्ला स्वास्थ्य कार्यालय रामेछापको प्राङगणदेखि बजार क्षेत्रमा र्याली निकालिएको थियो ।


र्यालीपछि जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा आयोजित कार्यक्रममा सहभागीहरुबीच परिवार नियोजन सेवाको सुनिश्चितता विषयमा छलफल भएको थियो । छलफलमा रामेछाप नगरपालिकाका निमिक्त प्रशासकीय अधिकृत ज्ञान बहादुर खड्का,जनस्वास्थ्य निरीक्षक जेतेन्द्र शाह, जिल्ला स्वास्थ्य कार्यालय रामेछापका चिकित्सक ,रामेछाप नगरपालिकाका इन्जिनियर , विभिन्न कार्यालयका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्