नेपाल पर्यटन पत्रकार महासंघ रामेछापको अध्यक्षमा चौलागाई



२ असाेज, काठमाडाै । नेपाल पर्यटन पत्रकार महासंघ रामेछाप जिल्ला शाखाको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । सम्मेलनले भिष्मराज चौलागाईको नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति निर्विरोध रूपमा चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा केशव बस्नेत
महिला उपाध्यक्षमा संगीता बुढाथोकी, सचिवमा दिपक कोइराला, सह सचिवमा संगीत सर्गम, कोषाध्यक्षमा लालकाजी दर्लामी , प्रदेश अधिवेशन प्रतिनिधि अरुण सिंजाली , विना पकुवाल र सदस्यहरू मिलन चौलागाई, प्रज्ववल थापा मगर,तारा मगर रहनु भएको छ ।


नवनिर्वाचित अध्यक्ष चौलागाईले रामेछापमा प्रचुर मात्रामा पर्यटनको संभावना रहेको र प्रचार प्रशारको अभावमा बाहिर आउन नसकेका ठाउँहरूको खोजविन गरि समग्र रामेछापको पर्यटन प्रवर्द्वनमा आफूले भूमिका खेल्ने बताउनुभयो ।

अधिवेशनमा नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रिय अध्यक्ष धनिराम शर्मा नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रिय सदस्य शाहस न्यौपाने,नेपाल पर्यटन पत्रकार महासंघ काठमाडां जिल्ला शाखा अध्यक्ष बिपी पौडेल,नेपाल पर्यटन पत्रकार महासंघ भक्तपुर जिल्ला शाखा अध्यक्ष सतेन्द्र चौलागाईको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्