महासंघको चुनावमा कान्छाराले भोट हाल्न नपाउने



३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं निर्मांण व्यवसायी पूर्णबहादुर तामाङ (कान्छाराम)ले नेपाल निर्माण व्यवसायी महासंघको निर्वाचनमा भोट हाल्न नपाउने भएको छ । उपत्यका निर्माण व्यवसायी संघको सदस्य रहेका कान्छाराम प्रतिनिधि बन्नबाट बञ्चित भएपछि भोट हाल्न नपाउने भएका हुन् ।

महासंघको निर्वाचनमा प्रतिनिधि छनोट गर्ने अधिकार कार्य समितिलाई हुने गरेको छ । उपत्यका निर्माण व्यवसायी संघका अध्यक्ष वालकृष्ण थापाले उपत्यकाबाट ४८ जना प्रतिनिधि रहेको बताए । निर्माण व्यवसायी लामाले कोशिस गर्दा पनि प्रतिनिधि बन्नबाट बञ्चित भएको बताइएको छ । गत प्रतिनिधिसभा निर्वाचनमा रामेछापमा कांग्रेसको तर्फबाट उम्मेदवार भएका कान्छाराम पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्