सुनापतीकाे पशुपती मावि दुवै विधामा प्रथम



३ असोज, रामेछाप ।

सुनापती गाउँपालिकास्तरीय वत्तिृत्वकला र हाजिरी जवाफ प्रतियोगीतमा पशुपति मावि हिलेदेवी प्रथम भएको छ । बालबालिकाको प्रतिभा पहिचान गर्ने उदेश्यले आयोजित कार्यक्रममा दुवै विधामा पशुपति मावि प्रथम भएको हो ।

सुनापती गाउँपालिकाले बाल दिवसको अवसरमा आयोजना गरेको गाउँपालिकास्तरीय मावि तह, आधारभुत तहका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उदेश्यले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
प्रतियोगीतामा १५ वटा आधारभूत विद्यालयले वत्तिृत्वकला प्रतियोगीतमा भाग लिएका थिए । ‘सुनापतीमा शैक्षिक सुधार, बालिकालिकाको मौलिक अधिकार’ विषययमा बालबालिकाहरुले आफ्नो तर्क प्रस्तुत गरेका थिए ।

प्रतियोगीता अन्तर्गत दुवै विधामा पशुपति मावि पहिलो हुन सफल भएको विद्यालयका प्रअ तिलक वलले जानकारी दिनुभयो । पशुपति माविका रामकृष्ण खडका वत्तिृत्वकलामा पहिलो भए भने सोही विद्यालयका रेन्जु थिङ, अनिल ग्यापक, ईश्वरी पाण्डे हाजिरी जवाफ प्रतितियोगीतमा प्रथम हुन सफल भएका छन् ।

विजयी बालबालिका र प्रथम हुने विद्यालयलाई गाउँपालिकाका अध्यक्ष धावा लामाले सिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्