रामेछापको आठ वटै स्थानीय तहमा मनाइयो संविधान दिवस



३ असोज, रामेछाप ।
रामेछापको आठ वटै स्थानीय तहमा संविधान दिवस मनाइएको छ । संविधान जारी भएको तेस्रो बर्ष पुगेको अवसरमा रामेछापको दुई नगरपालिका र छ गाउँपालिकामा नै संविधान दिवस मनाइएको हो । स्थानीय तहमा अन्तरक्रिया, खेलकुद प्रवचन र र्यालीको आयोजना सहित विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइएको छ । स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल संघ संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरी संधिवान दिवस मनाएका हुन् ।
संविधानको सफल कार्यान्वयमा लाग्नु पर्छःश्रेष्ठ
सदरमुकाम मन्थलीमा आयोजित संविधान दिवसलाई पूर्व सभासद एव नेकपाका नेता तारानारायण श्रेष्ठले संविधानको सफल कार्यान्वयन गर्नको लागि सबै लाग्नु पर्ने बताउनुभयो । उहाँले निकै ठूलो त्याग र वलिदानबाट प्राप्त संविधानको कार्यान्वयन गरेर मात्र सरकारले अगाडि सारेको खुसी नेपाली समृद्ध नेपालको नारा साकार पार्न सकिने बताउनुभयो ।

कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले संविधान कार्यान्वयनको चरणमा रहेको बताउदै सबै मिलेर संविधानलाई दिगो बनाउन लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काले संविधान संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको बताउदै कार्यान्वयनमा पनि जनताको साथ र सहयोगको खाँचो रहेको बताउनुभयो । मन्थली उक्त कार्यक्रममा नगरपालिका नगरप्रमुख रमेश वस्नेतले संविधानको कार्यान्वयनमा स्थानीय तह जुटेको बताउदै संविधान कार्यान्वय मार्फत मात्र समृद्ध सम्भव भएको बताउनुभयो ।

संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको छः नगरप्रमुख मगर
रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर मगरले संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको बताउनुभयो । रामेछाप नगरपालिकामा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निकै ठूलो वदिलानबाट प्राप्त भएको संविधानले नै जनताको चाहना पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्ड गाउँपालिका, खाँडादेवी गाउँपालिका, सुनापती गाउँपालिका र दोरम्बा गाउँपालिकामा पनि विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्