संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको छः अध्यक्ष लामा



३ असोज, रामेछाप ।
सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले हजारौ नेपालीको वलिदानबाट प्राप्त संविधानले नेपाली जनतालाई अधिकार सम्पन्न बनाएको बताए । संविधानले नै प्रत्यक्ष रुपमा जनताले महशुस गर्ने गरी तीन तहको सरकार बनाएको बताउदै उहाँले स्थानीय तहको सरकार मार्फत जनताको आवश्यकता पूरा हुँदै गएको बताउनुभएको हो ।


संविधान दिवसका अवसरमा बुधवार गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष लामाले संविधान कार्यान्वयनमा सहयोग गर्नु सबैको दायित्व र कर्तव्य भएको बताउनुभयो ।
त्यसैगरी संविधान दिवसको अवसरमा गाउँपालिकाको कार्यालय हिलेदेवीमा वृक्षारोपण गरिएको छ । नेकपाका केन्द्रीय सदस्य देवशकंर पौडेल, पूर्वसभासद एव नेकपाका नेता डिल्लीमान तामाङ, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले संयुक्त रुपमा वृक्षारोपण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्