कृषि क्षेत्रको विकास गर्न प्रतिबद्ध छौः अध्यक्ष तामाङ



५ असोज, रामेछाप ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले गाउँपालिकाभित्र कृषि क्षेत्रको विकास गर्नको लागि आफूहरु प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले कृषि क्षेत्रको विकासबाट मात्र गाउँपालिकाको आर्थिक समृद्धि सम्भव भएकाले भौगोलिक अवस्था अनुसारको कृषिजन्य उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको हो ।


खाँडादेवी गाउँपालिका–७ टिमुमा रहेको सृजनशिल कृषक समुहले विगत एक बर्ष अघिबाट सुरु गरेको तरकारी खेतीको अवालेकन गर्ने अध्यक्ष तामाङले कृषिलाई आधुनिक प्रविधिसँग जोडेर लैजाने योजना गाउँपालिकाले बताएको बताउनुभयो ।


कार्यक्रममा खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष समेत रहेका गाउँपालिका प्रवक्ता पुष्कर कार्कीले गाउँपालिकाले कृषि क्षेत्रको विकास गर्नको लागि कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम अगाडि बढाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्