पक्की पुल नबनेपछि जनप्रतिनिधिको पहलमा चौरी खोलाबाटै गाडी सञ्चालन



६ असोज, रामेछाप । बर्षौ वित्दा पनि पक्की पुल निर्माण हुन नसकेपछि जनप्रतिनिधिहरुको पहलमा चौरी खोलाबाटै अस्थायी रुपमा गाडी सञ्चालन भएको छ । दोरम्बा गाउँपालिकाले चौरी खोलाको सतहलाई सम्याएर यातायात सञ्चालन गरेको हो ।

दोरम्बा गाउँपालिका जोडने चौरी खोलामा बर्षौ अघि पक्की पुल निर्माण कार्य सुरु भएपनि समयमा सम्पन्न हुन सकेको छैन् । जसको कारण दोरम्बा गाउँपालिकाका वडा नम्बर ६, ७, ५ र ३ का बासिन्दालाई काठमाडौं आवात जावत गर्न निकै सास्ती हुँदै आएको थियो । अस्थायी रुपमा खोला फिजाएर गाडी सञ्चालन गरिएको छ ।


गाउँपालिकाको पहल र गाउँपालिका–६ का वडा अध्यक्ष अम्बिका प्रसाद गजुरेल ‘अनुप’को नेतृत्वमा सडकको मर्मतसँगै चौरी खोलामा सवारी सञ्चालन गर्न वैकल्पिक व्यवस्था गरिएको जानकारी दिनुभयो । गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका वडा अध्यक्ष गजुरेलले गाउँपालिकाको चार वटा वडाका नागरिकहरुलाई आवतजावत गर्न सास्ती भएपछि डोजर लगाएर चौरी खोलालाई फराकिलो बनाएर यातायात सञ्चालन गरिएको बताउनुभयो ।


चौरीखोला फराकिलो बनाएर गाडी सञ्चालन हुने व्यवस्था गरेपछि गाउँपालिकाको गुरासेसम्म सहज रुपमा यातायात सञ्चानल भएको छ । पक्की पुल नहुँदा बर्षाको समयमा दोरम्बा गाउँपालिका नागरिकहरुलाई सास्ती हुने गरेको छ ।
यस आर्थिक बर्षभित्र गाडी सञ्चालन भइरहेको स्थानमा निमाणाधिन पक्की पुल निर्माण सम्पन्न हुने सडक डिभिजन कार्यालय खुर्कोटका डिभिजन प्रमुख राकेश महर्जजनले रामेछाप न्युजलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्