दोरम्बामा गाउँपालिकाभित्र बर्षाले भत्किएको सडक बन्दै



६ असोज, रामेछाप । बर्षाको कारण ठाउँठाउँमा भत्किएको सडक मर्मत गरेर यातायात सञ्चालन गर्नको लागि दोरम्बा गाउँपालिकाका जनप्रतिनिधिहरु जुटेका छन् । गाउँपालिकाले दशै अगाडि नै वडादेखि गाउँपालिकाको केन्द्र राजधानी काठमाडौं र सदरमुकाम मन्थली जोडन सडक मर्मत गरेर यातायात सञ्चालन गर्ने निर्णय अनुसार जनप्रतिनिधिहरु सडक मर्मतको काममा जुटेका हुन् ।


बर्षाको कारण गाउँपालिकाले ठूलो लगानी गरेर निर्माण गरिएको केही सडक अहिले अवरुद्ध भएका छन् । जसको कारण सहज रुपमा यातायात सञ्चालन हुन सकेको छैन् । दोरम्बा गाउँपालिका–७ लखनपुरका वडा अध्यक्ष रेम थापाले वडाभित्र बर्षाको कारण भत्किएको सडक मर्मत गर्नको लागि सर्भेको काममा जुटेको बताउनुभयो । उहाँले सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमा कठिनाई भएको बताउदै तत्काल नै सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको जानकारी दिनुभयो ।


काफ्ले चौरीखोला टार पुडी खापु थापागाउँ, डारखानी, डोप्ला सडकको स्तरउन्नती गर्नको लागि सर्भेको काम अगाडि बढाइएको छ । त्यसैगरी वडा अध्यक्ष थापाले धारखोला पिपलबोट मानेडाँडा छ्यापिडाँडा छागा सडकको ट्रयाक ओपन गर्नको लागि पनि प्राविधिक अध्ययन भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्