घ्याङडाँडामा पसलको झगडाःजयबहादुर लामा गम्भीर घाइते



६ असोज, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिका–५ धोवीस्थित घ्याङ डाँडा रहेको पसलमा सामान हराएको विषयमा भएको झगडाले उग्र रुप लिदा जयबहादुर लामा गम्भीर घाइते भएका छन् । सदरमुकाम मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचार हुन नसकेपछि लामालाई थप उपचारको लागि धुलिखेल अस्पताल लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले पसलमा सामान हराएको निहुँमा झगडा हुँदा जयबहादुर लामा गम्भीर घाइते भएको रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार मन्थलीमा उपचार हुन नसकेपछि लामालाई धुलिखेल पढाइएको छ । प्रहरीका अनुसार घाइते भएका लामाको धारिलो हरितयारको कारण फोक्सोमा गम्भीर चोट लागेको छ ।
घ्याङडाँडामा आज दिउसो सामान हराएको विषयलाई लिएर सुरु भएको भनाभनबाटै हातपात परिणत भएको स्थानीयले बताए । स्थानीय ४५ बर्षिय छिरिङ लामा र उनको छोरा महेश लामाले जयबहादुर लामामाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले छिरिङको छोरा महेश लामालाई नियन्त्रणमा लिएको बताउदै प्रवक्ता अदालतले धारिलो हतियार प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताउनुभयो । जयबहादुर लामालाई आक्रमण गर्ने छिरिङको टाउकोमा पनि सामान्य चोट लागेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्