निर्माण व्यवसायी महासंघ प्रदेश ३ को उपाध्यक्षमा रामेछापका शेर्पा विजयी



७ असोज, काठमाडौं ।
नेपाल निर्माण व्यवसायी महासंघ प्रदेश नम्बर ३ बाट उपाध्यक्षमा पेम्बा शेर्पा विजयी हुनुभएको छ । रामेछाप गोकुलगंगा–१ चुुचुरे निवासी लामा प्रदेश ३ को उपाध्यक्षमा विजयी हुनुभएको हो । शनिवार राजधानीमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित हुन सफल हुनुभएको छ ।

निर्माण व्यवसायी महासंघको पूर्व उपाध्यक्ष समेत रहेका शेर्पा लामो समयदेखि निर्माण व्यवासयी क्षेत्रमा सक्रिय रहदै आउनुभएको छ । विजयी भएपछि रामेछाप न्युजलाई प्रतिक्रिया दिदै भन्नुभयो,‘निर्माण व्यवसायीको हितमा काम गर्छु, निर्माण व्यवसायी क्षेत्रमा देखिएको समस्या समाधान गर्नको लागि पहल गर्छु ।’

प्रतिक्रिया दिनुहोस्