सुनापती गाउँपालिकाको ५ नम्बर वडामा बिलुली झलल…



७ असोज, रामेछाप ।
सुनापती गाउँपालिका–५ खनियापानीको सबै क्षेत्रमा विद्युतीकरण भएको छ । उज्यालो सुनापती गाउँपालिका अभियान अन्तर्गत खनियापनीका सबै वडामा विद्युतीकरण गरिएको हो ।

जनप्रतिनिधिको पहलमा गाउँ झिलिमिली भएपछि स्थानीयमा खुसीयाली छाएको छ । खनियापानीको विद्युतीकरण हुन बाँकी रहेको साविक १ र २ वडा लोफ्रा र देशारगाउँमा विद्युतीकरण गरिएको विद्युत विस्तार कार्यक्रममा अध्यक्ष आनन्दराज तामाङले रामेछाप न्युजलाई बताउनुभयो ।


विद्युतीकरण नहुँदा सोलारको भर पर्दै आएका स्थानीय खुसी भएका छन् । विद्युतीकरणको काम सम्पन्न भएपछि ट्रान्सफर्मरमा चार्ज गरिएको छ । सुनापती गाउँपालिका–५ खनियापानीका वडा अध्यक्ष ठूलोकान्छा तामाङले वडा नम्बर ५ को सबै क्षेत्रमा विद्युतीकरण गर्ने काम सम्पन्न भएको बताउनुभयो ।

उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘बिजुली नहुँदा जनताले दुःख पाएका थिए, हाम्रो पहलमा विद्युतीकरण गर्ने काम सम्पन्न भएको छ, अब कोही पनि जनता अध्याँरोमा बस्नु पर्दैन ।’ सुनापती गाउँपालिकाको पहिलो बैठकले सुनापती गाउँपालिकालाई उज्यालो सुनापती बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्