लिखु तामाकोसी गाउँपालिकाको तिल्पुङमा हरेक आइतवार हाट लाग्ने



८ असोज, रामेछाप ।स्थानीयस्तरमा उत्पादन भएका बस्तुलाई विक्रिवितरण गर्नको लागि लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङपुङस्थ्ति कटहरेमा हरेक हाइतवार हाट लाग्ने भएको छ । गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन भएको वस्तुभाउबाट आर्थिक अवस्थामा सुधार ल्याउन हाटको व्यवस्थापन गरेको हो ।

हाटबजारको उदघाटन गर्दै प्रदेश नं ३ का सांसद शान्ति प्रसाद पौडेलले गाउँघरमा उत्पादन हुने हरेक बस्तुलाई बजारसम्म पुर्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘आर्थिक समृद्धि हासिल गर्नको लागि सबै एक जुट भएर उत्पादनमा जुटनु पर्छ ।’
कार्यक्रममा जिल्ला समन्वयन समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का , लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्का , उपाध्यक्ष दिपशिखा दाहाल, वडाध्यक्ष सुवास बोहोरा लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्