साउदी जेलबाट फर्किएका घर्ती भन्छन्– ‘बरु बाख्रा पालेर बस्छु, अब विदेश जान्न’



काठमाडौं । ६७ लाख रुपैयाँ ब्लड मनी तिरेपछि साउदी अरेबियामा जेलजीवन बिताईरहेका रोल्पाका दिलबहादुर घर्ती स्वदेश फर्केका छन् । सोमबार रिपोर्टर्स क्बल नेपालमा दिल बहादुर घर्ती बचाउ अभियानले पत्रकार सम्मेलन गरेर दिल बहादुर घर्तीलाई परिवारसँग मिलन गराएको हो ।
रोल्पा जिल्लाको रोल्पा नगरपालिका १० थवाङ पेवा गाउँका ३० वर्षीय घर्ती दुई वर्षअघि साउदीको राजधानी रियादमा दुर्घटना केशमा जेल परेका थिए ।


गत भदौ २१ गते जेलमुक्त भएका घर्ती उद्धारको लागि ६७ लाख ब्लड मनी तिरेको अभियानका संयोजक एवम् कार्यक्रमका सभापति दीपेश पुनले जानकारी दिए ।
ब्लडमनि तिरेको ३७ दिनपछि घर्ती गत शनिबार मात्रै नेपाल आइपुगेका हुन् । दिलबहादुर रियादस्थित मजेद अलदियाबही कन्ट्राक्टिङ एण्ड इस्ट नामक कम्पनीमा ट्रकचालकको रुपमा कार्यरत थिए ।
उद्धार गरेका घर्ती भन्छन्,‘साउदी पुगेको ३ महिनामै (२०१६ जुन १३) का दिन मैले चलाउँदै गरेको ट्रकमा साउदी नागरिक मोटेबबिन अतिखबिन दअफाको कारले पछिबाट ठक्कर दिँयो मैले भाषा बुझ्नि, मलाई फसाईयो, साउदी नागरिकको मृत्यु भएपछि जेल चलान गरिएको थियो, जेलभित्र कुटपिट त हुँदैन थियो तर निक्कैनै पीडाहुँदो रहेछ ।’
उनले अघि थपे,‘साउदी नागरिक मृत्यु अभियोगमा त्यहाँको अदालतले ७५ प्रतिशत गल्ती तिम्रै हो भनेर फैसली गरिदियो, अदालती फैसलाबमोजिम उरियादमा बन्दी जीवन बिताइरहेको थिए । अदालतले तोकेको ब्लड मनी साउदी रियाल २ लाख २५ हजार सम्बन्धित मृतकको परिवारलाई तिरे मात्र रिहाइ हुने अवस्था थियो । यति धेरै रकम मेरो परिवारले केही गरी पनि तिर्न सक्ने ल्याकत थिएन । आर्थिक अवस्था कमजोरका कारण नेपाली रकम ६७ लाख रुपैयाँ तिर्न नसक्दा जेलमै रहनु परिरहेको समाचार सार्वजनिक भएपछि मलाई कैदमुक्त गर्न ब्लड मनी संकलन सुरु गरिएको थियो ।’
उनले अघि थपे,‘मलाई नयाँ जीवन दिनुहुने सबैमा हार्दीक धन्यवाद छ, नयाँ जीवन पाउँदा म ज्यादै खुसि छु, देश तथा बिदेशबाट एक छाक काटेर मलाई नयाँ जीवन दिने अभियानमा लाग्नु भयो, मेरा कारण दुःख पाउनु भयो, यसका लागि क्षमा चाहन्छु, यो साथको ऋणि छु, म जस्ता अन्य थुप्रै नेपालीहरुले भाषा नबुझेर बिदेशको जेलमा छन्, उहाँहरुको उद्धारमा गम्भिर हुन सरकारलाई आग्रह गर्दछु।’
उद्धार गरिएका घर्तीकी श्रीमती मनिकाले श्रीमानलाई नयाँ जीवन दिएको भन्दै घर्ती बचाउ अभियानका संयोजक दीपेश पुन लगायत सबैलाई धन्यवाद दिएकी छन् । उनले भनिन्,‘मैले यो जुनिमा श्रीमानसँग भेट होला भन्ने कुरा कल्पनासम्म गरेको थिईन, तर चाहेको खण्डमा सबै कुरा सम्भव हुने रहेछ, यस्तो दुःख अरु कसैलाई नपरोस्, मेरा आँसु रोक्न सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यावाद दिनचाहन्छु ।’
सरकारले बिदेशका विभिन्न जेलमा रहेर दुख भोगि रहेका नेपालीहरुको उद्धारमा सरकार गम्भिर हुनुपर्ने धारणा राखेका छन् ।
बचेको रकम राज्यकोषमा
उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुनको संयोजकत्वमा ४१ सदस्यीय दिलबहादुर बचाउन ब्लड मनी संकलन अभियान समिति गठन गरी स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग रकम संकलन गरिएको थियो ।
संयोजक पुनका अनुसार १ करोड ४ लाख २६ हजार रुपैयाँ ब्लड मनी संकलन भएको थियो । आवश्यकता भन्दा ३७ लाख २६ हजार रुपैयाँ बढी रकम उठेको हो ।
उनले भने,‘साउदीकै जेलमा रहेका गोरखका कुमार राना र दिलबहादुर घर्ती बचाउ अभियान एकसाथै सञ्चालन गरिएपनि उनी जेलमै रहेका छन्, यो अभियानबाट बचेको रकम कुमार रानाको उद्धारको लागि अपुग रकम प्रदान गर्ने भनेका छौं । तथापी उहाँको नाममा उठेको रकम पुगेको सन्दर्भमा यो रकक बिदेशी जेल तथा विभिन्न दुःखमा पीडित नेपालीहरुको सहयोग गर्नेछौं ।’
उनले अघि थपे,‘सरकारले पहिलो स्थापना गर्न लागेको सिटमनि तथा बैदेशकि कल्याणकारी कोषमा जम्मा गर्ने निर्णय भएको छ, यस कदमले दिल बहादुर बचाउन सहयोगी मनहरुको तर्फबाट राज्यको लागि योगदान हुने मैले विश्वास लिएको छु, सरकारले एकद्धारा प्रणालीबाट बिदेशका विभन्नि जेलमा रहेका विभिन्न दुखमा नेपालीहरुको उद्धार गर्नमा राहत पुगोस भन्ने हाम्रो चाहना छ ।’

प्रतिक्रिया दिनुहोस्