प्रदेश ३ को राजधानी काभ्रेकाे बनेपा !



९ असोज, काभ्रे । प्रदेश नम्वर ३ का भौतिक तथा पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेशको राजधानी तत्काल तोक्न आग्रह गरेका छन् । ‘राजधानी नतोक्दा न विकास निर्माण काम प्रभावित भएको बताउदै उनले तत्काल स्थायी राजधानी तोक्नु पर्ने बताएका हुन् ।

प्रदेश सरकारले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले अन्र्तराष्ट्रिय स्तरको पार्क सहितको संरचना निर्माण गर्ने उदेश्यले सम्भाब्यता अध्ययनका लागि २ करोड रकम विनियोजन गरेको छ । उक्त बजेट कार्यान्वयन र उदेश्यका बारेमा जानकारी दिदै मन्त्री स्थापितले तत्काल राजधानी तोकी काम गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए । ‘न कर्मचारी बस्ने स्थान छ, बसेका कर्मचारी होटलमै खाने र सुत्ने गर्दा तलब सबै सकिएको छ, सासदहरु समेत बैठक सकिए लगत्तै दौडिनु पर्ने बाध्यता छ, हेटौडामा न केहि काम छ, न केहि गर्न सकिन्छ’–मन्त्री स्थापितले भने–‘राजधानी र अन्य उपयुक्त विकासका लागि काभ्रेपलाञ्चोक जिल्ला उपयुक्त हुन्छ ।’

जिल्लाको ब्यापारीक केन्द्र समेत रहेको बनेपालाई राजधानीको केन्द्र र ब्यापारीक हबसँगै विकासको हब मार्फत आर्थिक इन्जिन बनाउनु पर्नेमा स्थापितले जोड दिए ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा बोल्दै मन्त्री स्थापितले बनेपा र आसपासको क्षेत्रलाई क्रिकेट स्टेडियम, स्वास्थ्य बाटिका, एकिकृत बस्ति, विश्व अध्ययन केन्द्र, नाट्य घर निर्माण, हिलेजलजलेमा ताल निर्माण गरी खानेपानी र सिंचाईको ब्यवस्थापन, लायकु दरवारको पुननिर्माण पछि पर्यटकले हेर्ने आर्कषण स्थान बनाउन प्रदेश सरकारले आवश्यक रकम उपलब्ध गराउने बताए ।

प्रतिक्रिया दिनुहोस्