अमेरिकामा प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच २ मिनेट भेट



९ असाेज, काठमाडाैं ।

संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका छन्।

राष्ट्रपति ट्रम्पले आयोजना गरेको स्वागत कार्यक्रममा प्रधानमन्त्रीले ओलीले भेट गर्दै समसामयिक विषयमा दुई मिनेट कुराकानी गरेका हुन्। संक्षिप्त भेटमा द्विपक्षीय उच्चस्तरको भ्रमण र नेपालको आर्थिक समृद्धिको योजनामा सहकार्यबारे छलफल भएको ओलीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले पत्नी राधिकासहित राष्ट्रपति ट्रम्पले आयोजना गरेको स्वागत समारोहमा सहभागिता जनाएको न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिएको छ। ट्रम्पले महासभामा भाग लिन आएका विदेशी राष्ट्रप्रमुखको सम्मानमा स्वागत समारोह आयोजना गरेका थिए।

प्रतिक्रिया दिनुहोस्