रामेछापको दोरम्बा अब ‘पर्यटन गन्तव्य गाउँ’ घाेषित !



१० असोज, रामेछाप ।
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–२ दोरम्बालाई पर्यटन गन्तव्य गाउँ घोषणा गरिने भएको छ । नेपाल पर्यटन वोर्ड,गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ) काे सिफारिसमा पर्यटन मन्त्रालयले  दोरम्बालाई पर्यटन गन्तव्य गाउँ घोषणा गर्न लागेको हो । पर्यटकीय क्षेत्र दोरम्बालाई अब पर्यटकीय गन्तव्यमा सूचीकृत भएको छ ।

भाेली  भृकुटीमण्डमा आयोजना हुने कार्यक्रममा दाेरम्बा गाउँपालिकाले प्रमाणपत्र पाउने भएको छ । दोरम्बालाई पर्यटन गन्तव्य गाउँ घोषणा गर्नु निकै सुखद विषय भएको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बताउनुभयो । उहाँले रामेछाप भन्नुभयो,‘यहाँका जनताले धेरै अगाडिदेखि नै पर्यटकीय गन्तव्यमा घोषणा भएको हेर्न चाहेका थिए, ढिलै भएपनि घोषणा हुने भयो, हामी निकै खुसी छौ ।’

गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ) का निवर्तनमान अध्यक्ष कमल सापकोटाले दोरम्बा सहित देशका दुई क्षेत्रलाई यस पटक सरकारले पर्यटन गन्तव्य गाउँ घोषणा गर्न लागिएको रामेछाप न्युजलाइ जानकारी दिनुभयो । भिटोफ,पर्यटन विभागको सिफारिसरमा पर्यटन मन्त्रालयले दोरम्बा सहित लमजुङग र मगुको एक/एक गाउँलाई नयाँ पर्यटन गन्तव्यको रुपमा घोषणा गर्न लागेको हो ।
केही समय अघि मात्र दोरम्बा पुग्नुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’दोरम्बामा आयोजित कार्यक्रममा दोरम्बालाई पर्यटकीय क्षेत्र बनाउनको लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
दोरम्बा गाउँपालिका–२ दोरम्बा वडा अध्यक्ष खड्कबहादुर श्रेष्ठले पर्यटकी क्षेत्रको सम्भावना भएको दोरम्बालाई पर्यटकीय गन्तव्यको रुपमा घोषणा हुन लाग्नु ठूलो खुसीको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘पर्यटक गन्तव्यको लागि पूर्वाधार विकासमा जुटेका छौ, यस अघि पनि दोरम्बामा होमस्टे मार्फत दोरम्बामा आउने पर्यटकहरुको लागि बस्ने ठाउँको व्यवस्थापन गर्ने गरेका थियौ ।’ पर्यटन गाउँ घोषणा हुने भएपछि आगामी दिनमा भौतिक पूर्वाधारमा विशेष ध्यान दिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्