रामेछापमा अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य परीक्षण शिविर



१० असाेज, रामेछाप ।नेपाल रेडक्रस सोसाइटी, भुकम्प प्रतिकार्य कार्यक्रम रामेछापले जिल्लाका कार्यक्रम संचालित क्षेत्र रामेछाप नगरपालिकाको रामपुर र मन्थली नगरपालिको मन्थलीमा अपांगता भएका व्यक्तिहरुको अपांगता स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको छ ।


चिकित्सको विशेषज्ञ टोली सहितको शिविरको क्रममा रामपुर र मन्थलीमा गरी एक सय जनाको स्वास्थ्य परिक्षण गरिएको हो । स्वास्थ्य परिक्षणमा अपांगता भएका व्यक्तिहरुका लागि आवश्यक सहयोगी सामग्री तथा आवश्यक अन्य विशेष जाँचका लागि सिफारिस गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटीले २०७२ वैशाख १२ र २९ गतेको भुकम्पले अति प्रभावित १४ जिल्लामा पुनर्लाभको कार्यक्रम भुकम्प प्रतिकार्य कार्यक्रम संचालनमा ल्याएको छ । भविष्यमा विपदको सामना गर्नसक्नेगरी उत्थानशिल समुदाय निर्माण तथा विपन्न र संकटासन्न समुदायलाई मानवीय सहायता पुर्याई पहिला भन्दा अझ सुरक्षित र सक्षम बनाउँनु कार्यक्रमको लक्ष्य रहेको छ ।

समुदायको सक्रिय सहभागिता तथा परामर्शमा भुकम्प प्रभावितका नीजि आवास सँगसँगै, खानेपानी, सरसफाई तथा स्वच्छता, जिविकोपार्जन र स्वास्थ्यका क्षेत्रमा एकिकृत वृहद कार्यक्रम संचालन गरिरहेको छ ।

यसका अतिरिक्त संस्थागत क्षमता विकासमा पनि जोड दिइ विपद प्रतिकार्यका लागि आवश्यक जनशक्ति तयार गर्ने, उपकरणकहरु सहयोग गर्ने, रक्त संचार सेवा तथा गोदामघर निर्माणमा जोड दिएको नेपाल रेडक्रस सोसाइटी, भुकम्प प्रतिकार्य कार्यक्रमका कार्यक्रम संयोजक जयराम वस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्