रामेछापमा टाटासुमो दुर्घटना, चालक फरार



१० असोज, रामेछाप । मन्थली नगरपालिका–२ लिपेखोलामा टाटासुमो दुर्घटना भएको छ । आझ साझ खिम्तीबाट सदरमुकाम मन्थलीतर्फ आउदै गरेको ना १ ज ५७४८ नम्बरको टाटो सुमो अनियन्त्रित भएर सडकबाट तीस  मिटर तल खसेको छ ।

र्दुघटनामा परी दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदातलले रामेछाप न्युजलाई जानकारी दिनुभयो । उहाँको अनुसार टाटासुमो दुर्घटना भएपछि चालक फरार भएका छन् ।

दुर्घटनामा परी लिख तामाकोसी गाउँपालिका–६ खिम्तीका ३५ बर्षिय चक्रबहादुर थापा मगरको निधार र टाउकोमा चोट लागेको छ भने अर्को घाइते गोकुलगंगा गाउँपालिका–६ का २४ बर्षिय निरज तामाङ समान्य घाइते भएका छन् । घाइतेहको मन्थलीस्थित सामुदायि अस्पतालमा उपचार भइरहेको र खतरामुक्त रहेको प्रवक्ता अदालतले बताउनुभयो ।

तस्बीर सौजन्य नविन कार्की

प्रतिक्रिया दिनुहोस्