रामेछाप सांस्कृति कलाकार समाजले भोली काठमाडौंमा सांस्कृतिक कार्यक्रम गर्दै



१२ असोज, काठमाडौं ।
दशै तिहारको अवसरम रामेछाप सांस्कृतिक कलाकार समाजले भोली राजधनीमा बिशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरेको छ । भाोली राजधानीको सामाखुसी स्काइ पार्टी प्यालेसमा समाजले कार्यक्रम आयोजना गरेको हो ।


रामेछाप जिल्लामा जन्मिएर कलाकारिता र पत्रकरिता क्षेत्रमा कार्यरत विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको रामेछाप सास्कृतिक कलाकार समाजका अध्यक्ष प्रकाश कटुवालले जानकारी दिनुभयो ।


रामेछाप जिल्लामा जन्मिएर काठमडौंलाई कर्मथलो बनाएर कलाकारहरुको हक हित र संरक्षणका लागि रामेछाप सास्कृतिक कलाकार समाजले काम गर्दै आएको छ । अध्यक्ष कटुवाले पुराना कलाकारहरुलार्इ सम्मान र नयाँ कलाकारहरुलार्इ प्रोत्साहन भन्ने नारा सहित विगत लामो समय देखिनै काम गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्