जेष्ठ नागरिकले देखाएको बाटोमा अगाडि बढछौः अध्यक्ष तामाङ



१५ असोज, रामेछाप ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले जेष्ठ नागरिकहरुले देखाएको बाटोमा आगाडि बढने बताउनुभएको छ । उहाँले जेष्ठ नागरिकहरु समाजको इतिहास र संस्कृति भएको बताउदै आफूहरु पनि जेष्ठ नागरिकहरुले देखाएको बाटोमा अगाडि बढने बताउनुभएको हो ।

२८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवस्थामा गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नै अध्यक्ष तामाङले जेष्ठ नागरिकहरुको अनुभवबाट शिक्षा लिदै समृद्धि गाउँपालिका निर्माण गर्ने अभियायमा लागेको बताउनुभयो ।


उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले जेष्ठ नागरिकहरुको हक अधिकारको ग्यारेन्टी गर्ने काममा आफूहरु लागि परेको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता पुष्कर कार्कीले जेष्ठ नागरिकहरुको योगदानलाई भुल्न नहुनेमा जोड दिनुभयो ।

गाउँपालिकाका ९ वटै वडाका जेष्ठ नागरिकहरुको सहभागीता रहेको कार्यक्रममा गाउँपालिलका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीले जेष्ठ नागरिकहरुको सम्मान गर्नु सरकारको दायित्व र कर्तव्य भएको बताउनुभयो ।
सरकारले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताबापत प्रतिमहिना रु दुई हजार दिने गरेको छ । कतिपय स्थानीय तहले उक्त भत्तामा केही रकम थपेको पाइन्छ । उक्त भत्ताले ज्येष्ठ नगारिकलाई केही मात्रामा भएपनि राहत त दिएको छ नै त्यसमा पनि कतिपयका लागि बूढेसकालको ठूलै सहारासमेत बनेको छ ।

प्रतिक्रिया दिनुहोस्