भक्तपुरमा टिपटरको ठक्करबाट एकको मृत्यु, सडक अवरुद्ध  टिपरमा अागजनी 



१७ असोज, भक्तपुर । भक्तपुरमा टिपरेका ठक्करबाट एक जना युवाको मृत्यु भएको छ । आज साढे ६ बजे भक्तपुरको पाण्डुबजारमा टिपरले ठक्कर दिदा काभ्रे दराउनी पोखरी २ का २५ बर्षिय रामकृष्ण श्रेष्ठको घटनास्थलमा नै निधन भएको हो ।

सल्लाघारी तर्फ आउदै गरेको बा ४ ख २६५० टिपरले बा ८८ प ८५२ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिदा श्रेष्ठको घटनास्थलमा नै निधन भएको प्रहरीले बताएको छ । दुर्घटनापछि स्थानीले टिपरमा आगो लगाइदिएका छन् भने अहिले सडक अवरुद्ध छ । प्रहरीका अनुसार आगो निभाउने क्रम जारी रहेको छ ।

टिपर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा रहेको स्थानीय तेज तामाङका अनुसार अहिले प्रहरीले भिडलाई नियन्त्रण गर्ने क्रम जारी रहेको छ । काठमाडौ तर्फ आउने र बनेपातर्फ जाने यातायात अवरुद्ध भएको छ । घटनास्थलमा स्थानीयले नारावाजी गरिरहेका छन् । सरकारले उपत्यकाभित्र राती ८ बजेमात्र टिपर प्रवेश गर्ने पाउने नियम लागू गरेपछि साढे ६ बजे नै घटना टिपरले मोटरसाइकल चाकलाई ठक्कर दिदा निधन भएपछि स्थानीयवासी आक्रोशित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्