रामेछापमा पहिलो पटक एटिएम सेवा



१८ असोज, रामेछाप ।

रामेछाप नगरपालिकाको रामेछाप बजारमा पहिलो पटक एटिएम सेवा सञ्चालनमा आएको छ । एउटा मात्र बैक रहेको रामेछाप बजारमा विहिवारबाट राष्ट्रिय वाणिज्य बैकले एटिएम सेवा सञ्चालनमा ल्याएको हो । एटिएम सेवा नहुँदा सेवाग्राहीले कार्यालय समय कुर्नुपर्ने बाँध्यता हटाउनको लागि बैंकले एटिएम सेवा प्रदान गरेको छ ।

रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगर र राष्ट्रिय वाणिज्य बैँक काठमाडौंका क्षेत्रीय कार्यालयका प्रबन्धक सोनी श्रेष्ठले संयुक्त रुपमा एटिएम सेवाका उदघाटन गर्नुभयो । बुधवारबाट सुरु भएको एटिएम सेवा २४ सै घण्टा खुल्ला रहने बैंकले जनाएको छ ।


रामेछाप नगरपालिकाभित्र पहिलो पटक एटिएम सेवा सञ्चालनमा आउनु खुसीको कुरा भएको बताउदै अपठ्यारो समयमा पनि अब सेवाग्राहीहरुले सहज रुपमा पैसा निकाल्न सक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्