उमाकुण्ड गाउँपालिकामा बैंक खुलेपछि खुसियाली



२२ असोज, रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकामा बैंक सञ्चालनमा आएको छ । स्थानीय तहको सरकार बनेको करिब वीस महिनापछि जनप्रतिनिधिहरुको पहलमा बैंक सञ्चालनमा आएको हो । गाउँपालिकाको केन्द्र प्रितिमा आइतवारदेखि बैंकले कारोबार सुरु गरेको हो ।


सनराइज बैंकले गाउँपालिकामा शाखा विस्तार गरेको छ । बैंककको उदघाटन गर्दै गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले गाउँपालिकाका जनतालाई अब कारोबार गर्न सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम मन्थली जानुपर्ने बाँध्यता थियो, अब हटेको छ, अब गाउँपालिकाको सबै कारोबार सनराइज बैंकबाट हुन्छ ।’


सुरुमा गाउँपालिको केन्द्रमा नभई गाउँपालिकाकै बाम्ती भण्डारमा नै बैंक राख्ने तयारी गरेपनि जनप्रतिनिधिहरुको पहलमा प्रितिमा बैंक सञ्चालनमा आएको छ । अब भुकम्प पीडित लाभग्राहीहरुले समेत गाउँबाट नै घरको किस्ता निकाल्न सक्नेछन् ।

गाउँपालिकामा यस अघि बाम्ती भण्डारमा सनराइज बैंकले शाखा सञ्चालन गरेको थियो । अब उमाकुण्ड गाउँपालिकामा सनराईज बैंकको दुई वटा शाखा सञ्चालनमा आएको अध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्