सुनापती गाउँपालिकाको भ्वाँसामा मौनव्रत हुने



२२ असोज, रामेछाप ।
सुनापती गाउँपालिका–४ बेथानस्थित भ्वाँसामा असोज ३० गतेदेखि कार्तिक २ गतेसम्म एक छ्या ञ्युङने (मौनव्रत) हुने भएको छ । भ्वाँसास्थित पेमा छ्योइलिङ गुम्बाका खेन्पो कोन्छ्योक नोर्बु तामाङ र खेन्पो फुर्बा तामाङको प्रमुख आतिथ्यमा मौनव्रत कार्यक्रम हुन लागेको हो । पेमा मणि आमा समुह भ्वाँसको आयोजनामा हुने कार्यक्रममा शान्तिप्रेमी सबैलाई सहभागी हुन समुहले आग्रह गरेको छ ।

खेन्पो फुर्बा तामाङले शान्तिको सन्देश अझ व्यापक रुपमा फैलाउने र मानवहितको कल्याणको लागि मौनव्रत कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘जीवनमा पुण्य कमाउन, समाजमा अझै शान्ति फैलाउन जप मन्त्र र गम्भीर साधन गर्नको लागि मौनव्रतको आयोजना गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस्