सिन्धुलीको रिठ्ठे भीरमा बस दुर्घटना, एकको मृत्यु



२६ असोज, सिन्धुली ।
सिन्धुलीको मरिणबाट काठमाडौँ जाँदै गरेको बासुकी यातायातको बस रिठ्ठे भीरमा दुर्घटनाहुँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ । मरिणबाट यात्रु लिन काठमाडौँ हिँडेको ना ६ ख ९१२ नम्बरको बसमा जम्मा चार यात्रु र चार जना बस कर्मचारीसहित आठ जना यात्रु रहेका थिए । काठमाडौँबाट गइरहेको बा ९९ प २५९७ नम्बरको मोटर साइकलसँग बस ठोक्किएको थियो । मोटर साइकलसमेत रोडबाट तल खसेको थियो ।

मोटससाइकल चालक सामान्य घाइते भएको जनाइएको छ । बस सुनकोशी नदीमा डुबेको अवस्थामा रहेको स्थानीय उद्धारकर्ता मनोज श्रेष्ठले जानकारी दिनुभयो । बसका सहयोगी सामान्य अवस्थामा रहेका छन् । उनकाअनुसार मृतकको पहिचान खुल्न सकेको छैन । उनी मरिण क्षेत्रमा अपरेटरको काम गर्ने भएको जनाइएको छ ।

आजभन्दा सात वर्षअघि २०६८ साल असोज २६ गते कै दिन सोही स्थानबाट सिन्धुलीबाट काठमाडौँ जाँदै गरेको बस खसेको थियो । दसै मनाएर काठमाडौँ फर्केका ४१ जना यात्रु सो घटनामा मृत्यु भएको थियो । दुःखद सयोग नै मान्नु पर्छ सोही दिन पुनः सोही स्थानबाट बस खसेको छ ।

प्रतिक्रिया दिनुहोस्