अपडेटः सिन्धुली बस दुर्घटना, ३ जनाको मृत्यु



२६ असाेज, सिन्धुली ।

सिन्धुलीको मरिणगाँउपालिका बाट काठमाडौँतर्फ जाँदै गरेको बस बि.पि.राजमार्गको सुनकोशी गाउँपालिका ५ मुलकोट स्थित रिट्ठेभिरमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । ४ जना घाइते भएका छन् ।

मृत्यु हुने तीनै जनाको सनाखत भएको सिन्धुली प्रहरीले जानकारी दिएको छ । मृत्यू हुनेमा सिन्धुली जिल्ला मरिण गाँउपालिक.वडा न.७ बस्ने बर्ष २८ को सोही बसको चालक राज कुमार लामा,सोहीठाउ बस्ने बर्ष २३ को अमित लामा र सिन्धुपाल्चोक जिल्ला सुनकोशि गाउँपालिका वडा न.८ बस्ने अन्दाजी २८/२९ बर्षको रबि खड्का रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाईते हरुमा सिन्धुपाल्चोक जिल्ला बलेफि गाउँपालिका वडा न.८ बस्ने बर्ष १८ को रोहन पराजुली ,गोर्खा जिल्ला ताल्ची बजार बस्ने बर्ष ३५ को हरि दाहाल, रामेछाप जिल्ला खाडादेबि गाउँपालिका ५ बस्ने बर्ष २५ को दिर्ग राज मोक्तान र सिन्धुली मरिण गाउँपालिका बस्ने बर्ष ३० को आशिष लामा रहेका छन । घाईतेहरु उपचारको लागि धुलिखेल अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

ना.६ ख ९१२ नम्बरको सुपर बासुकीको र काठमाडौंबाट सिन्धुलीको खुर्कोटतर्फ आँउदै गरेको बा.९९ प २५९७ नम्बरको मोटरसाइकल आज मध्यान्ह ११ बजे एकआपसमा ठक्कर खादा बस सडकबाट अन्दाजी ५०० मिटर तल सुनकोसी नदीमा खसेको थियो । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक रामेश्वर यादवले बताए । २०६८ साल असोज २६ गते सोही स्थानबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा ४१ जनाको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्