उच्च मनोवलको साथ काम गर्न महानिरीक्षक खनालको निर्देशन



२८ असोज, काठमाडौं ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सङ्गठनले गरेको अपेक्षा पूरा गर्न दृढताका साथ लाग्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालय, मन्त्रिस्तरको निर्णयबाट प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा पदोन्नति हुनुभएका अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गर्दै उहाँले नेतृत्व, निर्णय क्षमता, साङ्गठनिक दृष्टिकोणप्रति दृढ अडानका साथ काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको हो ।

इमान्दार, सक्षम र उच्च मनोबलयुक्त प्रहरी कर्मचारीबाट नागरिकको सुरक्षाको कार्यभार प्रभावकारी बन्न सक्ने उल्लेख गर्दै उहाँले दशैँ, तिहारजस्ता पर्वमा अवाञ्छित गतिविधी नियन्त्रण गर्नका लागि त्रुटि नआउने गरी काम गर्न निर्देशन दिनुभयो । सङ्गठनको नीतिविपरीत काम गर्ने कर्मचारी तत्काल सजायको भागीदार हुने उहाँको भनाइ थियो । महानिरीक्षक खनालले प्रहरीले लागू गर्न लागेको समुदाय साझेदार प्रहरी अवधारणाले संगठनमा थप गतिशीलता ल्याउने बताउनुभयो ।

दज्र्यानी चिह्न प्राप्त गर्नेमा प्रहरी नायब महानिरीक्षकमा विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, ठाकुरप्रसाद ज्ञवाली, पूर्णचन्द्र जोशी, तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, नीरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापति र सूर्यप्रसाद उपाध्याय हुनुुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
TYTLNi3mq, IGTZc2JdqpyvvjS9, 74zzOB, fBoTjHy1FFTY, Q2ipIT9MD, G4k5987z, jcVCv4OE, quoAED5, Z03n