माकादुममा जेष्ठ नागरिकलाई सम्मान



२८ असोज, रामेछाप ।
खाँडादेवी गाउँपालिका–६ माकादुमका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । वडाका २६ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।
६ नम्बर वडा कार्यालयको आयोजनामा स्थानीय चन्द्र मानन्धर र कालिका मानन्धरको सहयोगमा वीस जेष्ठ नागरिक महिला र ६ जना जेष्ठ पुरुष नागरिकहरुलाई सम्मान गरिएको छ ।

वडा नम्बर ६ का वडा अध्यक्ष समेत रहेका गाउँपालिकाका प्रवक्ता पुष्पकर कार्कीले दशैको अवसर पारेर जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काले जेष्ठ नागरिकहरुलाई सम्मान गर्नु सबैको दायित्व र कर्तव्य भएको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले जेष्ठ नागरिकहरु संस्कृति, इतिहास र पहिचानको धरोहर भएको बताउदै गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई उच्च सम्मान गर्ने बताउनुभयो । उहाँले जेष्ठ नागकिरहरुको हक अधिकारको लागि गाउँपालिकाले भूमिका खेल्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्