दशैँमा स्वस्थ रहनका लागि आठ टिप्स, यी कुरामा ध्यान दिऔँ



काठमाडौँ,२९ असोज । दशैँमा खानपानमा ध्यान नदिँदा विभिन्न समस्याहरु देखिन सक्छ । दशैँमा कसरी स्वस्थ रहन सकिन्छ, यसका बारेमा केही टिप्सहरु यस्ता छन ।

  • १. दशैँमा खानेकुरामा ध्यान नदिँदा फुड पोईजन हुन सक्ने सम्भावना हुन्छ । विशेषगरि, दुध तथा दुग्धजन्य पदार्थ माछा, मासु र अण्डा अत्यन्त संवेदनशील खाद्यपदार्थ हुन् । त्यसकारण खाद्यपदार्थ भण्डारणमा विशेष ध्यान दिन आवश्यक देखिन्छ ।
  • २. मासुजन्य परिकारमा आइरन, प्रोटिन, एमिनो एसिड, भिटामिन बी–१२ राम्रो मात्रामा पाइन्छ । यो संगसंगै विषादी हर्मोनको पनि नजानी खाइरहेको हुन्छौ ।
  • ३. मासु र मासुजन्य परिकार उपभोगको कारण मुटुको रोग, मोटोपन वजनवृद्धी,उच्च रक्तचाप, मधुमेह, क्यानस आदि रोग लाग्ने सम्भावना अधिक हुन्छ । दशैँमा जिम, एरोबिक्स र अन्य व्यायम गर्न त्यति अनुकुल हुँदैन र यी ठाउँ बन्द भएको अवस्था पनि हुन सक्छ । त्यसैले यसतर्फ ध्यान पुर्र्याउन जरुरी छ ।
  • ४. सेतो र रातो मासुमा रोगको जीवाणु र रासायनिक मलको अवशेष हुन्छ । जसले गर्दा शरीर कमजोर हुने, टाउको दुख्ने धेरै पसिना आउने, नाडीको गति कम हुने, छिटोछिटो श्वास प्रश्वास हुने आदि र दिर्घकालिन रुपमा क्यान्सरजन्य मिर्गौला, कलेजो, वंशाणु जिनहरुमा असर, जन्मिने शिशुको अंगभंग र रोग प्रतिरोधक क्षमताका असर गर्छ ।
  • ५.मासु नखाई प्रोटिन कहीँबाट पाउने भन्ने गरिन्छ । प्रोटिन वा सम्पुर्ण पोषण वनस्पतिजन्य विभिन्न परिकारका तरकारी, आदि उपजबाट प्राप्त गर्न सकिन्छ । पशुपक्षीले पनि वनस्पतिबाटै प्रोटिन, भिटामिन र अन्य पापेषण प्राप्त हुन्छ ।
  • ६.मदिराको अत्याधिक प्रयोगले कलेजो, मिर्गौला तथा शरीरका अन्य अंगलाई लामो समयसम्म असर गर्छ । साथै, कुनै अन्य रोग विद्यमान छ भने यस्तो अवस्थामा झन् रोग बल्झिने सम्भावना हुन्छ ।
  • ७. हरियो साग, तरकारी र फलफुल सफा र स्वस्थ पानीमा पखालेर खानुपर्छ । तेल, घ्यू र मसालाको कम प्रयोग गर्नुपर्छ । सुक्ष्म जीवाणु नष्ट हुने गरी पकाएर मात्र खानुपर्छ ।
  • ८. दुध तथा दुग्धपदार्थलाई ४ डिग्री सेल्सियसमा चिसो बनाई भण्डारण गर्नुपर्छ । काँचो मासुलाई माइनस २० देखि ३० डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्नुपर्छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्