रामेछापको भीरपानीमा बस दुर्घटना, एकको मुत्यु २२ जना गम्भीर घाइते



३० असोज, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–३ भीरपानीमा गाडी दुर्घटना भएको छ । आज दिउसो भएको वस दुर्घटनामा परी एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने गाडीमा रहेका २२ जना गम्भीर घाइते भएका छन् ।

काठमाडौंबाट गाल्वा तर्फ आएको बा ३ ख ४६७५ नम्बरको बस गाल्वाबाट काठमाडौं जादै गरेको बसलाई साइट दिने क्रममा र्घुटना भएको थियो ।


खाँडादेवी गाउँपालिका–३ भीरपानीका वडा अध्यक्ष पुष्कर कार्कीले उकालो तर्फ जादै गरेको गाडी पुनः ओरालोमा ब्याक गर्ने क्रममा दुर्घटना भएको रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा परी १३ बर्षिय एक बालिकाको मृत्यु भएको छ भने २२ जना गम्भीर घाइतेलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको छ ।

वडा अध्यक्ष कार्कीले भीरपानीको सार्की पधेरो भन्ने स्थानमा सडकबाट बस करिब पचास मिटर तल खसेको छ । घाइतेहरु सबैको उद्दार गरेर एम्बुलेसन्स, टाटासुमो लगायतको सवारी साधनबाट अस्पताल लगिएको उहाँले जानकारी दिनुभयो । घाइते हुनेहरुमा दोरम्बा गाउँपालिका र खाँडादेवी गाउँपालिका बासिन्दा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्