कार्कीको पहलमा अपाङ खत्रीलाई आर्थिक सहयोग



३० असोज, रामेछाप ।
रामेछाप नगरपालिका–७ सुकाजोरका अर्जुन कार्कीको पहलमा ओमनमा नेपाली र ओमन नागरिकरुबाट संकलन गरेको रकम ११ बर्षिय अपाङक बाललाई सहयोग गर्नुभएको छ ।

रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोर हिलेपानीका ११ वर्षिय अपाङग बालक टिका बहादुर खत्रीलाई कार्कीले सत्र हजार एक सय रुपैयाँ सहयोग गर्नुभएको हो ।

रकम हस्तान्तरण गर्दै कार्कीले बालकका परिवारलाई आफूले दिएको रकम बालकको उपचारमा खर्च गर्न आग्रह गर्नुभयो । एउटा खुट्टा र एउटा हात नचल्ने बालक खत्रीको परिवारको आर्थिक अवस्था निकै कमजोर छ ।

प्रतिक्रिया दिनुहोस्