रामेछापलाई ठूलो क्षतिः सामाजिक अभियन्ता दाहालको निधन



३० असोज, काठमाडौं ।
काठमाडौं । शिक्षाविद् तथा सामाजिक अभियन्ता डा. भोलाप्रसाद दाहालको सोमबार अमेरिकाको क्याफिोर्निया राज्यमा असामहिक निधन भएको छ । परिवारले दिएको जानकारी अुनसार सर्च फर कमन ग्राउन्ड नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको बैठकमा भाग लिन अमेरिका जाने क्रममा सुतेकै अवस्थामा निधन भएको हो ।
होटेलको कोठामा दाहाल मृत भेटिएका जानकारी दिइएको परिवारलेले बताएको छ । दाहालको मृत्युको कारण भने थाहा भएको छैन ।
रामेछापको लिुख तामाकोसी गाउँपालिका र साविक बिजुलीकोटमा जन्मिएका दाहालले रामेछापको शिक्षा र सामाजिक क्षेत्र सुधारको कार्यक्रम अगाडि सानुभएको थियो । सर्च फर कमन ग्राउन्डका नेपाल निर्देशक रहनुभएका दाहालले अक्टोबर १३ का दिन सान्त मोनिका, क्यालिफोर्नियाँबाट फेसबुकमा तस्बिर पोस्ट गर्नुभएको थियो । दाहालकी आमा, पत्नी, तीन छोरा, बुहारी र नातिनी रहनुभएको छ ।
दाहालको निधनले रामेछाप जिल्लालाई अपुरणिय क्षति पुगेको छ । नेकपाका केन्द्रीय सदस्य देवशकंर पौडेलले दाहालको निधनले रामेछाप जिल्लालाई ठूलो क्षति पुगेको बताउनुभयो । निकै ठूलो संघर्ष गरेर सामाजिक क्षेत्रमा क्रियासिल रहदै आउनुभएका दाहालको निधनले आफू स्तब्ध भएको पत्रकार कपिल काफ्लले बताउनुभयो ।

रामेछाप न्युज स्थापनादेखि नै सहयोगी शुभेच्छुक डा. दाहालप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्