‘दोरम्बा पर्यटन गन्तव्य गाउँ’ चिनाउन खुल्ला म्याराथुन प्रतियोगीता हुने



३० असोज, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिका–२ दोरम्बालाई सरकारले ‘दोरम्बा पर्यटन गन्तव्य गाउँ’ घोषणा गरेपछि स्थानीयवासी प्रचार प्रसारमा जुटेका छन् । दोरम्बाको प्रचार प्रसार गर्ने उदेश्यले दोरम्बा–अग्लेश्वरी खुल्ला म्याराथुन प्रतियोगीता हुने भएको छ । ‘पर्यै६न गन्तव्य गाउँ दोरम्बा जाऔं, खुल्ला म्याराथुन प्रतियोगीतमा भाग लिऔं’ भन्ने नाराको साथ विजय दशमीको अवसरमा सैलुङ केलकुद विकास समिति दोरम्बाले प्रतियोगीताको आयोजना गरेको हो ।

समितिका महासचिव रन्जित मोक्तानले असोज ३१ गते बेलुका ५ बजेसम्म प्रतियोगीतमा भाग लिन चाहनेहरुले नाम दर्ता गराउन सक्ने बताउनुभयो । उहाँले कार्तिक १ गते बिहान सात बजेबाट दोरम्बा बजारबाट अग्लेश्वरीसम्म प्रतियोगीता हुने जानकारी दिनुभयो । प्रतियोगीतमा विजयी हुनेलाई प्रथम पुरस्कार ५ हजार, द्धितिय हुनेलाई ३ हजार र तृतिय हुनेलाई २हजार पुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्