रामेछापमा गाडी दुर्घटना २ जनाको मृत्यु ९ घाइते



कात्तिक ३ रामेछाप । रामेछाप नगरपालिका २ खरानेमा टाटासुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल मन्थली लगिएको छ । घटनामा मृत्यु हुनेहरुमा आमा छोरा रहेका छन् ।
दुर्घटनामा रामेछाप नगरपालिका १ गोठगाउँकी ६० वर्षीया ललीमाया कार्की र उनकी ४० वर्षका छोरा दुर्गाबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले जानकारी दिनुभयो ।
रामेछापको कुकुरकाटेबाट गोठगाउँ जाँदै गरेको ना १ ज ४८ १२ को टाटा सुमो अनियन्त्रित भएर सााँझ सडकबाट ३ सय मिटर तल खसेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्