समृद्ध सुनापती गाउँपालिका बनाउन सबैकाे सहयोग चाहियोः अध्यक्ष लामा



६ कार्तिक, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहनुभएका सुनापती गाउँपालिका अध्यक्ष धावा लामाले समृद्ध सुनापती गाउँपालिका निर्माणको लागि सबैको सल्लाह सुझाव र सहयोगको खाँचो रहेको बताउनुभएको छ । उहाँले पार्टी एकता भएपनि गाउँपालिकासम्म सांगठानिक एकता प्रक्रिया टुंगो नलाग्दा काम गर्न कठिनाई भएको बताउनुभएको हो ।

सुनापती गाउँपालिका कमिटीद्धारा मंगलवार गाउँपालिकाको केन्द्र हिलेदेवीमा आयोजित दशै तिहारको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष लामाले पार्टी एकता पार्टीमा ठूलो खुसी ल्याएको बताउदै तत्काल सांगठानिक एकताले पूर्णता दिनुपर्ने आग्रह गर्नुभयो ।

‘पार्टीले स्थानीय सरकार सञ्चालन गर्नको लागि योजना सहितको निर्देशन आवश्यक छ’,उहाँले भन्नुभयो,‘जनप्रतिनिधिहरुले पार्टीका नेता भेटन नै नपाउने अवस्थाको सृजना भयो, पार्टीले गाठो फुकाउनु पर्यो ।’ पार्टीको स्पष्ट निर्देशन नहुँदा नीति तथा कार्यक्रम कार्यान्वयन गर्न पनि कठिनाई भएको बताउदै अध्यक्ष लामाले स्थानीय तहको सरकार सञ्चालनमा सबैको साथ सहयोग लिएर अगाडि बढने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्