रामेछाप जिल्लामा पहिलो पटक जोडियो अप्टिकल फाइबर



७ कार्तिक, रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक अप्टिकल फाईबर जोडिएको छ । दु्रत गतिको इन्टरनेटको सेवा प्रदान गर्ने उदेश्यले नेपाल टेलिकमले बदिवासबाट बिपी राजमार्ग हुँदै खुर्कोटबाट रामेछापको सदरमुकाम मन्थलीदेखि भालुखोपसम्म अप्टिकल फाइबर जडान गरेको हो ।
अप्टिकल फाईबर जडान भइसकेको नेपाल टेलिकम रामेछापको प्रमुख बिष्णु भण्डारीले रामेछाप न्युजलाई बताउनुभयो । डिभाइस जडानको काम सम्पन्न भएपछि तत्काल सेवा सञ्चालन गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।
उपभोक्ताहरुलाई द्रुत गतिमा इन्टरनेट चलाउन थप सहज हुने बताउदै भण्डारीले रामेछापको ८० प्रतिशत क्षेत्रमा नेपाल टेलिकमले सेवा दिदै आएको जानकारी दिनुभयो ।
हाल बिपी राजमार्गको खुर्कोर्टबाट रामेछापको सदरमुकाम मन्थली रामेछाप हुँदै भालुखोपसम्म अप्टिकल फाइबर जोडिएको छ ।

फाईबर जडान भएका क्षेत्रमा मोबाईल इन्टरनेट, बाइम्याक्स् टेलिफोन लगायतका सुविधाहरु निकै प्रभावकारी हुने दावी उहाँको छ । त्यसैगरी अरनिको राजमार्गको लामासाँघु चरिकोट तामाकोसी हुँदै मन्थलीसम्म अप्टिकल फाइबर जोडिने भएको छ । अप्टिकल फाइबर जोडिएपछि राजमार्गको बजार क्षेत्रका बासिन्दालाई इन्टरनेटको पुहँच पुग्ने विश्वास नेपाल टेलिकमले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्