रामेछापमा नियम उल्लघंन गर्ने १३६ सवारी साधनमाथि कारवाही



७ कार्तिक, रामेछाप ।
दशैको मानेर राजधानी फकर्ने क्रममा नियम विपरीत सञ्चालन हुने सवारी साधनमाथि प्रहरीले निगरानी बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्ला ट्राफिक प्हरीको संयुक्त टोलीले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारवाही प्रक्रिया अगाडि बढाएको हो । छडने चेकजाँच गर्ने क्रममा संयुक्त टोलीले १३६ सवारी साधनलाई कार्वाही गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले बताउनुभयो ।

सवारी साधनको सिट संख्या भन्दा बढी यात्रु राखेको, तीब्र गतिमा सवारी साधन सञ्चालन गरेको सवारी साधनलाई कारवाही गरिएको उहाँले जानकारी दिनुभयो । प्रवक्ता अदालतका अनुसार अनुगमनको कामलाई निरन्तरता दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्