कांग्रेसका जिल्ला सभापति न्यौपानेलाई सुनापति गाउँपालिकामा प्रवेश निषेध !



८ कार्तिक, रामेछाप । सुनापती गाउँपालिका–४ बेथानमा दशै तथा तिहारको अवसरमा आयोजित चियापान कार्यक्रम गर्न नदिएको भन्दै कार्यकर्ताहरुले सुनापती गाउँपालिकाभित्र हुने कार्यक्रममा जिल्ला सभापति लवश्री न्यौपाने सहभागी हुने औपचारिक कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएका छन् । सुनापती गाउँपालिका–४ बेथानका इकाई सभापति रमेश केसीको अगुवाइनमा आयोजना गरेको चियापान कार्यक्रम अन्तिम समयमा आएर सभापति न्यौपानेले रोकेको भन्दै यस्तो चेतावनी दिइएको हो ।


दशै अघि नवमिनको दिन बेथानमा सबै कार्यकर्ताहरुलाई चियापानमा निमन्त्रणा पनि गरिएको थियो । चियापानमा निम्तालुहरु आए पनि पार्टी सभापति न्यौपानले इकार्य सभापति केसीलाई फोन गरेर धम्कीपूर्ण भाषा प्रयोग गर्दै कार्यक्रम रोक्न चेनावनी दिनुभएको थियो । सभापति न्यौपानको भनाई उदृत गर्दै इकाई सभापति केसीले रामेछाप न्युजसँग भने,‘मेरो उपस्थिति बिना कार्यक्रम गर्न पाइदैन, मलाई नसोधी कार्यक्रम गर्ने त को होस ?’

केसीले पार्टी सभापति न्यौपानले माफी नमागेसम्म गाउँपालिकाभित्र हुने पार्टीको सबै कार्यक्रम बहिष्कार गर्ने बताउनुभयो । हामीले आयोजना गरेको कार्यक्रम अन्तिम समयमा रोक्नको लागि धम्कीपूर्ण भाषा प्रयोग गर्न सरासर गलत छ, धम्क्याएको विषयमा माफी नमागेसम्म गाउँपालिकाभित्र हुने औपचारिका कायृक्रममा सभापतिलाई बहिष्कार गर्छौ’, केसीले भन्नुभयो ।
नेपाली कांग्रेसको शीर्ष नेतृत्व तहमा देखिएको विवाद इकाई तहसम्म पुगेको छ । बेथानमा पनि पार्टी सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको तीब्र विवादको कारण चियापान कार्यक्रम नै स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्