दोरम्बा गाउँपालिकामा दुई दिने नागरिकता घुम्ती शिविर सञ्चालन हुने



१० कार्तिक, रामेछाप ।  नागरिकहरुलाई घर दैलोमा नै सेवा प्रवाह गर्ने उदेश्यको साथ जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजना र दोरम्बा गाउँपालिकाको समन्वयमा यही कार्तिक १८ र १९ गते दुई दिन नागरिकता वितरण हुने भएको छ । दोरम्बा गाउँपालिकाको केन्द्र टोकरपुरमा दुई दिन जिप्रकाका नागरिकता टोलीबाट नागरिकता वितरण हुन भएको हो ।

दोरम्बा गाउँपालिकाका प्रवक्ता अम्बिका प्रसाद गजुरेलले गाउँपालिकाको सात वटै वडाका १६ बर्ष उमेर पुगेका नागरिकहरुले गाउँपालिकाको केन्द्रबाटै सेवा लिन सक्ने बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘घण्टौ धाएर सदरमुकाम मन्थली जानु भन्दा गाउँपालिकाको केन्द्र टोकरपुरबाटै सहज रुपमा नागरिकहरुले सेवा लिन सक्छन, हामीले गाउँपालिकाभित्र नागरिकता बनाउन उमेर पुगेका सबै नागरिकहरुलाई आह्वान गरेका छौं ।’

नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने उदेश्यको साथ घुम्ती नागरिकता शिविर मार्फत सुविधा दिन लागिएको उहाँले बताउनुभयो । रामेछापका प्रमुख जिल्ला अधिकार कृष्ण प्रसाद शर्माले उमेर पुगेका नागरिकहरुले घुम्ती शिविर मार्फत सुविधा लिन सक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्