सीसीयूमा प्रधानमन्त्री ओलीः स्वास्थ्य अवस्था स्थिर



१२ कात्तिक, काठमाडौं । शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् ।ओली सोमबार विहान साढे ४ बजे अस्पताल भर्ना हुनुभएको प्रधानमन्त्री ओलीको छातीमा संक्रमण देखिएको छ भने शरीरमा चिनीको मात्र असन्तुलित पाइएको छ ।

‘उहाँको पछिल्लो परीक्षणका रिपोर्टहरु सुधारोन्मुख रहेको र स्वास्थ्य स्थिति स्थीर रहेको जानकारी गराइन्छ’ अस्पतालका मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री केही दिन अस्पतालमै रहने हुनुभएको छ । उहाँको उपचारमा डा. अरुण सायमीको नेतृत्वमा डा. दिब्या सिंह शाह, डा. सन्तकुमार दासको टोली संलग्न छ ।

प्रतिक्रिया दिनुहोस्