दोरम्बा गाउँपालिका–६ लखनपुरका श्रेष्ठ भक्तपुरबाट बेपत्ता



१२ कात्तिक,रामेछाप ।
दोरम्बा गाउँपालिका–६ लखनपुर साबिक वडा नम्बर ५ का ३१ बर्षिय लोकबहादुर श्रेष्ठ भक्तपुरको जागतीबाट बेपत्ता भएका छन् । वैदेशिक रोजगारीमा कतार गएका श्रेष्ठ नेपाल आएपछि पाँच महिना अघिबाट सम्पर्क विहीन भएका हुन् । स्वदेश फर्किनु अघि नै दुई बर्ष अघिदेखि घरमा पैसा पठाउनु छोडेका थिए ।

२०७५ असार २९ गतेबाट घरपरिवारबाट सम्पर्क विहिन भएका श्रेष्ठलाई परिवारले सबै आफन्तको खोजी गरेपछि पत्ता लाग्न नसकेको बताएको छ । उनले चलाउदै आएको फेसबुक पेज पनि बन्द गरेका छन् ।

उनकी श्रीमती लोकमाया श्रेष्ठले सबै ठाउँमा खोज्दा पनि पत्ता नलागेको बताइन । सम्पर्क विहिन भएका श्रेष्ठको दुई छोरी छन् । उनको परिवारले कही कतै फेला परेर भेटाउनुभएमा ९८४१०५७०२० मा सम्पर्क गरिदिन हुनु आग्रह गरेको छ । परिवारले विदेशबाट फर्किएपछि विवाह गरेर घर परिवारसँग सम्पर्क नगरी बसेको आशका गरेको छ ।

प्रतिक्रिया दिनुहोस्