खिम्ती खोलामा निर्माणाधिन उपल्लो र अपर खिम्ती जलविद्युत आयोजनामा काठमाडौंबाटै शेयर हाल्न पाइने



स्नेहा सिलवाल
१३ कार्तिक, काठमाडौंं । रामेछाप र दोलखा जिल्लाको सीमाना हुँदै बहने खिम्ती खोलामा निर्माणाधिन उपल्लो खिम्ती र अपर खिम्ती जलविद्युत आयोजनाले स्थानीय प्रभावितहरुको लागि जारी गरेको शेयर काठमाडौंबाट पनि हाल्न पाइने भएको छ । उपल्लो खिम्ती १२ मेगावाट र अपर खिम्ती ७ मेगावाट जलविद्युत आयोजनामा रामेछाप र दोलखाका स्थानीय प्रभावित बासिन्दाले ९ करोड ९० लाख शेयर हाल्न पाउने भएका छन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि ९ करोड ९० लाखको स्थानीय शेयर निष्कास गरेको छ । कार्तिक ६ गतेबाट सुरु भएको स्थानीय शेयरमा स्थानीयले न्युनतम ५० देखि अधिकतम् ४ हजार ९०० कित्तासम्म आवेदन दिन सकिने छ । जलविद्युत आयोजनाबाट प्रभावित रामेछाप र दोलखा जिल्लाका स्थानीय बासिन्दालाई आईपीओ निष्कासन गरिएको हो ।

रामेछापको गोकुलगंगा गाउँपालिका २, ३, ४ र ५ (साविकको ठोसे, रस्नालु, बेताली र नामाडी गाविस) जिरी नगरपालिकाको साविक माली गाविस, तामाकोसी गाउँपालिकाको वडा नम्बर ५ र ६ साविक सहरे र च्यामा गाविस तथा मन्थली नगरपालिकाको साविक फुलासी गाविसको लागि ५ लाख ९४ हजार कित्ता आयोजना प्रभािवत क्षेत्रका बासिन्दाहरुलाई शेयर निष्कासन गरिएको छ ।


पहिलो चरणमा कार्तिक २० गतेसम्म शेयर हाल्न सक्ने र ढिलोमा मंसिर ५ गतेसम्म स्थानीय प्रभावित क्षेत्रका बासिन्दाले शेयर हाल्न पाउने व्यवस्था गरिएको हिलमालय उजाृ विकास कम्पनीका प्रबन्धक प्रकाश दुलालले रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार कम्पनीले स्थानीय प्रभावित क्षेत्रको लागि दस प्रतिशत शेयर निष्कासन गरेको छ ।

दुवै आयोजनाहरुको सञ्चालनस्थान रामेछाप जिल्लाको गोकुगलंगा गाउँपालिका–१ चुचुरे र दोलखा जिल्लाको जिरी नगरपालिका वडा नम्बर १ र २ मा रहनेछ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले काठमाडौंबाट काठमाडौंको तीनकुनमा रहेको कार्यालयबाट पनि स्थानीय प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर हाल्न पाउने व्यवस्था गरेको छ ।

प्रबन्धक दुलालले भन्नुभयो,‘स्थानीय प्रभावित बासिन्दाको लागि स्थानीय तहबाट नै शेयर हाल्न पाउने व्यवस्था गरेका छौ, काठमाडौंको तीनकुनेमा रहेको हिालय उर्जा विकास कम्पनीको लिमिटेडको कार्यालयबाट पनि स्थानीय प्रभावित बासिन्दाले शेयर हाल्न पाउने छन, हामीले कार्यालयबाट पनि सेवा सुरु गरेका छौ ।’ उहाँका अनुसार भोलीबाट कार्यालयबाटै स्थानीय प्रभावित बासिन्दाहरुले शेयर हाल्ने फर्म पाउने छन् ।

१४ सय २० जना शेयर होल्डर मध्ये रामेछाप र दोलखा जिल्लाको मात्र चार सय प्रमोटर शेयर होल्डर रहेका छन् । स्थानीय प्रभावित बासिन्दाहरु शेयर हाल्ने क्रम सुरु भएको छ । पाँच ठाउँबाट स्थानीय प्रभावित बासिन्दाहरुले शेयर हाल्न सक्ने दुलालले जानकारी दिनुभयो ।

दोलखाको जिरी नगरपालिकामा सेन्चुरी बैंक र प्राइम कर्मर्सियल बैंक, किर्णेटारको एनएमबी बैंक, रामेछापको गोकुलगंगा गाउँपालिकाको रस्नालुमा सिद्धार्थ बैंक र साइट अपिस रहेको चुचुरेबाट नविल इभेष्टमेन्ट बैकिङ लमिटेडबाटको काउन्टर मार्फत शेयर हाल्न सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्