दिमीपोखरीमा पानीको निहुँमा विवादः खुकुरी खोसाखोस हुँदा दुई घाइते



१४ कार्तिक, रामेछाप । रामेछापको सुनापती गाउँपालिका–२ दिमीपोखरीको मैरेमा पानीको निहुँको विषयलाई झगडा हुँदा खुकुरी खोसाखोस हुँदा दुई जना घाइते भएका छन् । पानी पाइपको निहुँमा सामान्य भनाभनबाट सुरु भएको विवाद खुकुरी हान्ने अवस्था सृजना भएको थियो । कुखुरी हाल्ने र खोस्ने क्रममा दुवै जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।
झगडामा संलग्न मैरेका स्थानीय श्यामलाल ग्यापक र अर्जुन रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले पानीको निहुँमा विवाद हुँदा श्यामलाल ग्यापके हातमा पाँच टाका लगाएको र अर्जुन रायमाझीलाई पनि चोट लागेको रामेछाप न्युजलाइ जानकारी दिनुभयो ।
उहाँका अनुसार दुवै जनाको उपचार भइरहेको र आज जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धान गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्