तिहारमा देशभर बिजुलीको अभाव हुँदैनः कुलमान घिसिङ



१४ कात्तिक, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा बिजुलीको कुनै पनि अभाव नहुने बताउनुभएको छ । उहाँले माग अनुसारको बिजुली आपूर्ति गर्न प्राधिकरण तयार रहेको बताउनुभएको हो ।

तिहारको लक्ष्मी पुजाका दिनमा पिक डिमान्ड हुनेभन्दा बढी विजुली उपलब्ध रहेको बताउदै घिसिङले भन्नुभयो,‘‘हामी तिहारमा जति माग आए पनि कम्फर्टेबल छौं, विजुली अभाव भएर कतै विजुली काट्नु पर्ने अवस्था आउँदैन ।’

कतै प्राविधिक रुपमा वितरण तथा प्रसारणलाइनमा समस्या आएर केही समय विजुली काटिनेबाहेक लोडका कारण विजुली काट्नु पर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । उहाँको अनुसार यो वर्ष तिहारमा १ हजार २७० मेगावाट विजुलीको माग हुने अनुमान छ । तर, प्राकिरणले १३५० मेगावाटसम्म पनि विजुलीको माग धान्न गाह्रो नपर्ने घिसिङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्