एक लाखको पुरस्कार नव सैलुङ युवा क्लवले जित्यो



१५ कार्तिक, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिका–४ गौश्वरामा आयोजना गरिएको नक आउट फुटबल प्रतियोगीताको उपाधी दोलखाको सैलुङ गाउँपालिकाको नव सैलुङ युवा क्लव माका देउरालीले जितेको छ । प्रथम भएको नव सैलुङ युवा क्वलवले एक लाख नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।

प्रतियोगीमा आयोजक टिम सैलुङ शिखर स्पोर्ट क्वल ‘ए’ द्धितिय भएको छ भने सैलुङ शिखर स्पोर्ट क्लव ‘सी’ तृतिय भएको छ । दोस्रो हुने टिमले नगद ७५ हजार र तृतीय हुने टिमले पचास हजार नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

विजयी टिमलाई दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले पुरस्तकार वितरण गर्नुभएको थियो । फुटबल प्रतियोगीतमा विभिन्न १७ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्