सरकारको कद अग्लो बनाउन काग्रेस लाग्छः सचिव कार्की



१६ कार्तिक, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका रामेछापका सचिव लेखबहादुर कार्कीले सरकारलाई सफल बनाउनको लागि कांग्रेसले भूमिका खेल्ने बताउनुभएको छ । सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताउदै उहाँले समृद्ध नेपाल निर्माणको अभियानमा साथ र सहयोग हुने बताउनुभएको हो ।

जिल्ला कार्यसमिति रामेछापद्धारा सदरमुकाम मन्थलीमा आयोजित चियापान कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै सचिव कार्कीले सरकारले कद होचो बनाउने काममा नलाग्न आग्रह गर्दै सरकारको कद उच्च बनाउन कांग्रेसले लाग्ने बताउनुभयो । उहाँले सांस्कृति र रानजीतिक भातृत्वको लागि कांग्रेसले विगत लामो समयदेखि चियापान कार्यक्रम गर्दै आएको उल्लेख गर्दै सबै पक्षसँग हातेमालो गरेर राष्ट्रियतको प्रबद्र्धन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

‘ठूलो त्याग र बलिदानीबाट प्राप्त संविधान मातहत बनेको सरकारलाई काग्रेसले पनि सहयोग गर्छ’, सचिव कार्कीले भन्नुभयो,‘सरकारले समृद्धिको अभियानमा लागेर जनआकांक्षा अनुसारको काम गर्नुपर्छ ।’

कार्यक्रममा पूर्व सभासद समेत रहेका नेपाली कांग्रेसका नेता शिवबहादुर खड्का, कांग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र खड्का, कायवहाक अध्यक्ष जितन्द्र माेक्तान, जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का, मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत लगायतको सहभागीता रहेको थियो ।

पार्टीका संस्थापक नेता बिश्वेश्वर प्रसाद कोइरालाले आरम्भ गरेको चियापान कार्यक्रम यस अघि केन्द्रीय कार्य समितिले मात्र गर्ने गरेको भएपनि यस बर्ष देखि भने जिल्ल तहमा पनि एकै दिन सुरु गरिएको छ । चियापान कार्यक्रममा तीन सय भन्दा बढीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्