प्रधानमन्त्री ओली स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज



१६ कार्तिक, काठमाडौं ।
छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रुपमा स्वस्थ भएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उपचारमा संलग्न चिकित्सकले अहिले साँझ सरकारी निवास बालुवाटार फिर्ता गराएका हुन् ।

निवास फर्किंदै गर्दा प्रधानमन्त्री ओलीले नेपालका चिकित्सकहरुप्रति धन्यवाद प्रकट गर्दै आफूलाई गरेको उपचारमा एकदम चित्त बुझेको बताउनुभयो ।


छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको आज बिहानको परीक्षणका प्रतिवेदन अध्ययनपछि स्वास्थ्यस्थिति सामान्य देखिएको पाइएको थियो ।

प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमीको संयोजकत्वमा डा. दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासको टोली संलग्न थिए ।

प्रतिक्रिया दिनुहोस्