सरकारले तोक्‍यो नेपालका उत्कृष्ट १०० पर्यटकीयस्थलः रामेछापको सुनकोसी समावेश



१६ कार्तिक, काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपलका उत्कुष्ट एक सय पर्यटकीय स्थलका घोषणा गरेको छ । मन्त्रीस्तरी निर्णयबाट पर्यटन मन्त्रालयले बिहीबार ७७ जिल्लाका एक सय वटा गन्तव्य सार्वजनिक गरेको हो । जस मध्ये रामेछाप हुँदै बहने सुनकोसी नदी पनि समावेश भएको छ ।

सुनकोसी नदीमा र्‍याफ्टिङको लागि समावेश गरिएको छ । प्रकृतिक, पुरातात्विक, एतिहासीक संस्कृतिक र धार्मीक दृष्टिकोणबाट नेपाल विश्वकै एक पर्यटकीय भएकाले सो ठाँउहरुबाट जनस्तरमा आर्थिक समृद्धि ल्याउने उदेश्यको साथ एक सय गन्तव्यको घोषणा गरेको हो ।


‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रबद्र्धन गर्ने उदेश्यको साथ सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गर्ने लक्ष्य सरकारले अगाडि सारेका छ ।


रामेछापका प्रतिनिधिसभाका सांसद श्याम कुमार श्रेष्ठले सुनकोसी नदीलाई देशकै एक सय पर्यटकीय स्थलको रुपमा राखिनु निकै सुखद विषय भएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘सुनकोसी नदीमा र्‍याफ्टिङसञ्चालनले आर्थिक अवस्था उकास्छ, नदी छेउमा पर्यटकहरुलाई ध्यान दिएर भौतिक पूर्वाधार निर्माणको काम गर्नको लागि भूमिका खेल्छु ।’

र्‍याफ्टिङ एक प्रकार हावा भरेर चलाउन मिल्ने डुंगा (र्‍याफ्ट) प्रयोग गरेर पानीको बहावसँगै बग्दै गरिने जलयात्रा हो । यो एउटा मनोरञ्जक साहसिक खेल हो । र्‍याफ्टिङका लागि अहिलेसम्म नेपालका १६ वटा नदी खुल्ला गरिएका छन् । त्यसमध्ये कर्णाली, सुनकोसी र भोटेकोसी नदी र्‍याफ्टिङका लागि संसारकै उत्कृष्ट दस नदीमा पर्छन् । खासगरी यी तीनवटा नदीमा विदेशीहरू महँगो रकम तिरेर र्‍याफ्टिङको मज्जा लिन्छन् ।
सुनकोसी नदी
लोन्ली प्लानेटका अनुसार सुनकोसी नदीको र्‍याफ्टिङ विश्वकै सबैभन्दा राम्रोमध्ये एक हो । यहाँ खासगरी सेप्टेम्बरदेखि जनवरीसम्म र्‍याफ्टिङ गर्न सकिन्छ । जुनसुकै र्‍याफ्टिङ कम्पनीबाट पनि टिकट बुकिङ गर्न सकिन्छ । सुनकोसीमा र्‍याफ्टिङका लागि ८ रात, ९ दिनको विशेष प्याकेज बनाइएको छ । यो यात्राका लागि १० दिनको समय छुट्याउनुपर्छ । काभ्रे रामेछाप र  सिन्धुली हुँदै सुनकाेसी नदी वहने गरेका छ ।

 

प्रतिक्रिया दिनुहोस्